सौगातपछि ‘हात्तीछाप’मा दया र उपासनाको लुक्स सार्वजनिक

काठमाडौं । माघको २६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हात्तीछाप’ चर्चामा छ । विशेषगरी, चलचित्रका कलाकार र यसटको टीमका कारण चर्चा गर्मिएको हो । यो चलचित्रको मेकरले गत साता नायक सौगात मल्लको मात्र लुक्स समावेश गरेर पोष्टर दर्शकमाझ सार्वजनिक गरेको थियो । तर, आज सार्वजनिक गरिएको पोष्टरमा भने नायक दयाहाङ राई र नायिका उपासना सिंह ठकुरीको लुक्स सार्वजनिक गरिएको छ ।

यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हलमा, बुद्दि तामाङ, बिजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रीयर राई, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेलको मुख्य भूमिका छ । चलचित्रलाई प्रदीप भारद्धाजले लेखेका हुन् ।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रमा पुष्कर गुरुङ र अमला देवी राइको लगानी छ । सुशान्त प्रजापतिले फिल्मको छायांकन गरेका हुन् ।

यो चलचित्रको अब एउटा मात्र गीतको छायांकन हुन बाँकी छ । चलचित्रले बक्स अफिसमा सुखद कमाई गर्ने विश्लेषण गरिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *