नेपालसँगको आपसी सम्बन्ध र सहकार्यबारे राष्ट्रपति सीसँग खुलेर कुरा गरेँ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको छलफलपछि नेपाल चीन सम्बन्ध थप उचाइमा पुगेको विश्वास व्यक्त गरेका छन्।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री नेपाली राजदूत बिष्णु पुकार श्रेष्ठ तथा दुतावास परिवारद्वारा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै नेपाल र चीनबीचको सम्बन्ध सदिऔं पुरानो भएको उल्लेख गर्दै निरन्तर विकशित हुँदै गएको बताए।

उनले भने, ‘थुप्रै राजनीतिक परिवर्तनहरु अन्तर्राष्ट्रिय क्षेत्रमा आएपनि नेपाल चीनको सम्बन्धको गहिरालाई त्यसले केही फरक पारेको छैन। हिजो मेरो राष्ट्रपति सी चिनफिङलगायत चिनियाँ सरकार नेताहरुसँग हामीले खुलेर छलफल गर्यौं आपसी सम्बन्ध र सहकार्य गर्ने बिषयमा अझ बलियो बनाउने बिषयमा हामीले कुरा गरेका छौं।’

हिजोको छलफलले नेपालको विकासको लागि राम्रो विश्वासको वातावरण बनेको बताउँदै भ्रमणपछि दुई देशको सम्बन्ध अझ बलियो हुने जिकिर गरे।उनले संविधान जारीपछि अब नेपालको ध्यान आर्थिक समृद्धितर्फ केन्द्रित भएको बताए।

उनले भने, ‘नेपालको ध्यान स्वाभावैले समृद्धि र आर्थिक विकासतिर केन्द्रित हुन्छ। हामीलाई गर्व छ हाम्रा दुई छिमेकी चीन र भारत विकासको नयाँ गति र उचाईमा अगाडि बढेका छन्। दुई छिमेकीहरुको विकासबाट नेपाल लाभान्वित हुनैपर्छ। नेपाल लाभ लिन सकेन भने राम्रो कुरा हुँदैन। देशलाई आर्थिक समृद्धितिर देशलाई लैजान्छु भन्ने प्रधानमन्त्रीको शपथ लिएदेखि नै भनिरहेको छु।’

Comments

2 responses to “नेपालसँगको आपसी सम्बन्ध र सहकार्यबारे राष्ट्रपति सीसँग खुलेर कुरा गरेँ: प्रधानमन्त्री प्रचण्ड”

  1. ksp pyl Avatar
    ksp pyl

    ठोस कुरा केही छैन खाली नौटंकी कुरा गर्ने, मान्छे अलमलाउने मात्र हो यो ।

  2. nagendra Avatar
    nagendra

    प्रचन्डको कुरा र स्पष्टिकरण भनेको आफ्नु काम गराइ वा बिदेसी संगको ‘डिलिङ’ पनि ओली जस्तै वा त्यो भन्दा बढी उचाइको छ वा भएको छ भन्ने देखाउने र मान्छे हरुलाई त्यो कन्भिन्स गराउने प्रयास हो !!
    :: तर दुनियाँले देखेको प्रचन्डको भूमिका अनु त्येशको प्रावकारिता (जुन देखिदै छ, निकट भविस्यमा देखिने छ) भनेको ओपिको घुँडा सम्म पनि पुगेको छैन !!
    :: किन भने प्रचन्डको योग्यता र क्ष्यमता भनेको चक्लेट पाउँदा फुर्किएको फुच्छे केटोको जस्तै हो !! झिंगे दाउ र चटकी कुरा !!
    :: क्ष्यणिक हिरोको न कुनै दिर्घकालिन सोच छ न उदेस्य न कार्यक्रम :: पाएको बेला लुटम :: त्येत्ति !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *