नेपाल प्रेस युनियनको ६१ सदस्यीय केन्द्रीय परामर्श समिति गठन, को-को समेटिए ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसनिकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति गठन गरेको छ ।

युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन–२०७९) परिच्छेद ४ को दफा २४ बमोजिम ६१ सदस्यीय ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन गरेका हुन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवर्द्धन, युनियनको संस्थागत विकास र संगठनको मूल्य–मान्यता र आदर्शलाई आत्मसाथ गर्दै युनियनको बृहत् हितका लागि समिति गठन गरेको अध्यक्ष लम्सालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

परामर्श समितिमा प्रेस युनियनका संस्थापक, पूर्व अध्यक्षहरू, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरू, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा केन्द्रदेखि जिल्ला तहमा क्रियाशील वरिष्ठ पत्रकारहरू रहेका छन् ।

समितिमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरही, किशोर नेपाल, नेपाल प्रेस युनियनका संस्थापक अध्यक्ष हरि अधिकारी, पूर्व अध्यक्ष रमेश तुफान, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, तेजप्रकाश पण्डित, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्य, प्रेस युनियनका पूर्व अध्यक्ष तारा बराल, कुलचन्द्र वाग्ले, प्रेस काउन्सिलका पूर्व अध्यक्ष राजेन्द्र दाहाल रहेका छन् ।

त्यसै गरी, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, प्रेस युनियनका पूर्व अध्यक्ष मुरारी शर्मा, समीरजंग शाह, किरण पोखरेल, युनियनका संस्थापक शोभाकर पराजुली, वरिष्ठ पत्रकार श्री आचार्य, कबीर राणा रहेका छन् ।

परामर्श समितिको सुझाव र संगठनको मूल्य मान्यता अनुसार युनियनको संस्थागत विकासका लागि आवश्यक परामर्श लिने युनियनका उपाध्यक्ष नकुल अर्यालले बताए । निकट भविष्य मा समिति बैठक राखिने समेत अर्यालले जानकारी दिए ।

हेर्नुस् सूची

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *