धनगढी । नेपाल प्रहरी र धनगढी उपमहानगरपालिकाबीच लागू औषध दुर्व्यसनीका शिकार भएका युवा युवतीहरुको लागि सुधार केन्द्र स्थापना गर्ने समझदारी भएको छ ।
सुदूरपश्चिम प्रदेशमा लागु औषध दुव्र्यसनीका घटनाहरु बढ्दै गएपछि यसको रोकथाम र कुलतमा लागेकाहरुलाई सुधार गर्न सुधार केन्द्र स्थापना गर्न लागिएको सुदूरपश्चिम प्रहरीले जनाएको छ ।
महानगरपालिकाको वडा नं. १४ मा रहेको जेष्ठ नागरिक भवनमा ‘आसरा सुधार केन्द्र’ स्थापना गर्ने गरि सोमबार दुई पक्षबीच सम्झौता भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । समझदारी पत्रमा उपमहानगरपालिकाका प्रमुख गोपालवहादुर हमाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भरतवहादुर बोहराले हस्ताक्षर गरेका छन् ।
धनगढी उप-महानगरपालिकाको नवौं स्थापना दिवसको विशेष समारोहमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । प्रदेश अन्तरगत लागू औषधको दुर्व्यसनीमा फँसेकाहरुलाई शुुपथ शुल्कमा गुणस्तरीय उपचारको व्यवस्था गरि असल र सिर्जनशील नागरिक बनाई परिवार र समाजमा पुनःस्थापना गर्नु सुधार केन्द्रको उद्देश्य सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।

Leave a Reply