काठमाडौं । अखाद्य वस्तु बिक्री गरेको भेटिएपछि काठमाडौं महानगरपालिकाले २ लाख जरिवना तिराएको छ । महानगरले टिपटप समोसा पसललाई २ लाख जरिवाना गरेको हो ।
महानगरले गरेको बजार अनुगमनमा काठमाडौं महानगर–१७ मा रहेको टिपटप समोसा पसलमा बिग्रिएको दुधबरी भेटिएको थियो ।
महानगरका प्रवक्ता नवीन मानन्धरले टिपटप समोसा पसलमा अखाद्य बस्तु विक्री गरेकोकाले २ लाख जरिवाना गरिएको बताए ।

उनले भने, ‘महानगरले गरेको अनुगमनका क्रममा टिपटप समोसा पसलले बिग्रिएको दूधबरी बिक्री गरिएको भेटेपटि आज २ लाख जरिवनाको चिट काटिएको छ । ७ दिन भित्र सो पसलले जरिवाना तिर्नु पर्ने छ । पसलमा अखाद्य वस्तु नराख्न र दूधजन्य वस्तुको तापक्रम कायम राख्न पनि भनिएको छ ।’
बजारमा पठाएको अखाद्य बस्तु फिर्ता ल्याएर नष्ट गर्न समेत निर्देशन दिएको मानन्धरले बताए ।

Leave a Reply