माधव नेपालको दाबी- एमसीसीको विरोध गर्दैमा ठूलो हुने भए जनमोर्चाले सय सीट ल्याउँथ्यो (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्दैमा ठूलो हुने भए राष्ट्रिय जनमोर्चाले सय सीट ल्याउने टिप्पणी गरेका छन् ।

पार्टी निकट नेवा: संघको कार्यक्रमलाई सम्बोधन गर्दै एमसीसीको विरोधमा उभ्याएर सरकारबाट फाल्ने षडयन्त्र १२ बुँदे व्याख्यात्मक घोषणामार्फत असफल पारेको दाबी गरे ।

उनले भने, ‘हाम्रो पार्टीको पहलकदमीमा एमसीसीमा व्याख्यात्मक टिप्पणी ल्याएर हाम्रो देशको स्वाभिमानको रक्षा गरेका छौँ। केही केही मान्छेहरूको गीत नै एमसीसी हामीले अस्वीकार गर्नुपर्थ्यो भन्ने छ। अरू केही होइन। त्यो गरेर हामीलाई सरकारबाट फाल्दिने, पार्टीलाई कमजोर बनाउने, अमेरिकनहरूको स्वार्थको रक्षा हुने विदेशीहरूको हालीमुहाली चल्दाखेरि तमासा मात्रै हेरेर बस्ने अनि जनताले साथ वाहवाह भनेर साथ दिने थे भन्नु हवाई कल्पनाबाहेक केही पनि होइन।

Comments

One response to “माधव नेपालको दाबी- एमसीसीको विरोध गर्दैमा ठूलो हुने भए जनमोर्चाले सय सीट ल्याउँथ्यो (भिडिओ)”

  1. Govinda Avatar
    Govinda

    अब तिम्राे हैसियत पनि जनमाेर्चा भन्दा त्यति उम्दा हुन्न माकु

Leave a Reply

Your email address will not be published. Required fields are marked *