सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको आरोप लागेका वरिष्ठ हवल्दार सिंहको मुद्दा अदालत पुग्यो

काठमाडौं। प्रहरी प्रभाव बुढानिलकण्ठमा कार्यरत वरिष्ठ हवल्दार विष्णु सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार अदालतमा अभियोगपत्र दायर गरेको हो।

अख्तियारको टोलीले सिंहलाई सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो।

खोलाको ढल सरसफाई तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजिकरण गरिदिने प्रयोजनका लागि सिंहले घुस लिएको आरोप छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *