नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्यो : पूर्व प्रधानमन्त्री डा भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष एवं पूर्व सभामुख सुवास नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोरेको बताएका छन् ।

उनले एमाले उपाध्यक्ष नेम्वाङको निधनबाट आफू स्तब्ध र मर्माहत भएको बताए ।

‘आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल व्यक्तित्व नेम्वाङको निधनबाट देशले क्षति व्यहोरेको छ’, उनले भने, ‘मैले आत्मीय मित्र गुमाएको छु’, अध्यक्ष भट्टराईले नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजन तथा पार्टी पङ्क्तिमा समवेदना व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *