चितवन । गाईको पनि मृत्युपछि मान्छेको जस्तै काजक्रिया हुन्छ भन्दा अचम्म लाग्न सक्छ तर चितवनमा गाईको किरिया मान्छेकै जसरी गरिएको छ ।
राप्ती नगरपालिका ३ पर्सौनिमा गाईको मृत्युपछि मान्छेको जस्तै काजक्रिया गरिएको हो । चितवनको पर्सौनीका कृषक बद्री धितालले पालेको गाई मरेपछि उनका बुबा रणाबहादुर धितालले मान्छेको जस्तै क्रिया गरेका छन् ।
गत भदै ५ गते बेलुका ९/१० बजेको समयमा राप्ती नगरपालिका ३ का धितालको गाई गोठमा आगलागी भएर ५ वटा गाई जलेर मरेका थिए । उनको गोठमा ६ वटा गाई थिए ।
बाँधेकै ठाउँमा दाम्लोसँगै गाईको मृत्यु भयो भने गाई हत्या लाग्ने भएकाले काजक्रिया गरिएको कृषक धितालले बताएका छन् ।
गाई नेपालको राष्ट्रिय जनावार हो । गाईलाई हिन्दु धर्मावलम्वीहरुले आमाको रुप मानेर पुजा गर्ने गर्दछन् । आफूले पालेको, दुध खाएको गाईको माया र जिम्मेवारी पूरा गर्न मृत्युपछि काजक्रिया गरिएको कृषक धितालले बताए ।


Leave a Reply