जोकोभिचले जिते यूएस ओपन, सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने विश्व कीर्तिमान बराबरी

न्युयोर्क। सर्बियन स्टार नोभाक जोकोभिचले वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम यूएस ओपन जित्दै सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने विश्व कीर्तिमान बराबरी गरेका छन् ।

जोकोभिचले मार्गरेट कोर्टको नाममा रहेको २४ एकल ग्रान्डस्लामको कीर्तिमान बराबरी गरेका हुन् । कोर्टले सन् १९७३ मा आफ्नो एकल ग्रान्डस्लाम उपाधि संख्या २४ पुर्‍याएकी थिइन् ।

त्यसयता उनलाई कसैले पनि भेट्न सकेको थिएन । जोकोभिचले ड्यानिल मेदभेदेभमाथि सोझो सेटमा जित हात पारे ।

यो खेलमा ६-३,७-६ र ६-३ को सेटमा उनी विजयी भएका हुन् ।

जोकोभिचले यो वर्षका चारमध्ये तीन ग्रान्डस्लाम जितेका छन् भने विम्बल्डनको फाइनलमा पुगेर पराजित भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *