मेयर हर्क साम्पाङले थुनाएका युवालाई वडाध्यक्ष इवारामको जिम्मामा छाडियो

धरान । मेयर हर्क साम्पाङले थुनाएका धरान १५ का स्थानीय युवा अशोक लिम्बुलाई सोही वडाका अध्यक्ष नरेश कुमार इवारामले जिम्मा लिएर छुटाएका छन् ।

वडा प्रहरी कार्यालयका अनुसारका शुक्रवार मेयर साम्पाङलाई प्रश्न गर्दा पक्राउ परेका अशोक लिम्बुलाई १५ नम्बरका वडाध्यक्षको जिम्मा लगाएर रिहा गरिएको हो ।

केही समयअघिमात्र वैदेशिक रोजगारीबाट फर्केका युवा लिम्बुले स्थानीयलाई समस्या पर्दा मेयरले बेवास्ता गरेको भन्दै फोटो खिच्नका लागि मात्र टोलमा किन आएको भनी प्रश्न गरेका थिए ।

उनीसहितको टिमले चन्दा उठाएर मिर्गौला पीडित असहाय परिवारको उपचारमा सहयोग गरेका थिए । त्यसबेला नआउने नगरपालिकाले अहिले आएर उनीहरूको फोटो खिचेकोमा लिम्बुले प्रश्न गरेका थिए ।

मेयरले भने अशोकलाई गुण्डागर्दीको आरोपमा पक्राउ गराएका हुन् । अशोक छुटेपछि पनि मेयरले सदाझैँ फेसबुकमार्फत गुण्डागर्दीविरुद्धको आफ्नो अभियान नरोकिने बताएका छन् ।

स्थानीयका अनुसार वैदेशिक रोजगारीबाट फर्केका अशोक गुण्डागर्दी र गलत क्रियाकलापमा संलग्न भएको अहिलेसम्म कतै पनि भेटिएको छैन । बरु उनले डेंगुबाट संक्रमित भएका तर परिवारमा सबै अपांग भएका कारण उपचार नपाएकाहरूको उपचारमा चन्दा संकलन गरेको पाइएको छ ।

Comments

2 responses to “मेयर हर्क साम्पाङले थुनाएका युवालाई वडाध्यक्ष इवारामको जिम्मामा छाडियो”

  1. जिरो टु हिरो Avatar
    जिरो टु हिरो

    हर्के हल्दार ट्युसन पड्न जा त्यो भाइ संग

  2. Amit pariyar Avatar
    Amit pariyar

    लोकतन्त्र मा सवाल गर्न नपाउने कस्तो तानाशाही प्रवृत्ति हो? मैले भिडियो हेरेको थिए युवाको गल्ती छैन, कुनै बेला हर्केले पनि कति सवाल गर्थो हामीलाई थाहा छैन।😡😡😡

Leave a Reply

Your email address will not be published. Required fields are marked *