सर्लाहीमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

काठमाडौं । सर्लाहीमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला सुरक्षा समिति सर्लाहीका अध्यक्ष इन्द्रदेव यादवले विज्ञप्ति जारी गर्दै बिहान ८ बजेदेखि कर्फ्यु आदेश हटाएर २७ गतेसम्म निषेधाज्ञा जारी गरिएको बताए ।

सर्वसाधारण सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै साबिक मलंगवा नगर क्षेत्र पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट भित्र निषेधाज्ञा जारी गरिएको हो ।

निषेधित क्षेत्रमा कुनै पनि प्रकारको भेला हुन नपाइने, जुलुस गर्न नहुने, बैठक वा प्रदर्शन वा पोस्टर पर्चा जस्ता सामग्री टाँस्न नपाइने आदेशमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *