अमेरिकी किशोरी गौफले जितिन् यूएस ओपन ग्रान्डस्लाम

न्युयोर्क। वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम टेनिस अमेरिकी किशोरी कोको गौफले जितेकी छिन्।

नेपाली समयअनुसार शनिवार राती भएको फाइनलमा गौफले आर्याना साबालेन्कालाई पराजित गरेकी हुन्। गौफको यो पहिलो ग्रान्डस्लाम उपाधि हो।

१९ वर्षीया गौफले पहिलो सेट २-६ ले गुमाएपनि त्यसपछि शानदार पुनरागमन गर्दै ६-३ र ६-२ ले बाँकी सेट जितेर ग्रान्डस्लाम उपाधिको सपना पुरा गरिन्।

गौफले १५ वर्षको उमेरमा सन् २०१९ को विम्बल्डन खेल्दै ग्रान्डस्लाममा डेब्यु गरेकी थिइन्। उनी सन् १९९९ यता ग्रान्डस्लाम जित्ने पहिलो अमेरिकी किशोरी बनेकी छन्।

अन्तिम पटक यस्तो सफलता सेरेना विलियम्सले हात पारेकी थिइन्। गौफ गत वर्ष फ्रेन्च ओपनमा फाइनलसम्म पुगेकी थिइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *