काठमाडौं । नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा प्रकाशकुमार खण्डेलवालले उम्मेदवारी घोषणा गरेका छन् । भदौ २२-२३ गते वीरगञ्जमा अधिवेशन हुँदैछ । उनी हाल संघको वरिष्ठ उपाध्यक्ष छन् ।
२०३६ सालदेखि औषधि व्यवसायमा संलग्न रहेका खण्डेलवाल २८ वर्षदेखि संघको नेतृत्वमा छन् । खण्डेलवालले व्यवसायिक मुद्दासँगै व्यवसायीको हकहितका पक्षमा विभिन्न योजनासहित उम्मेदवारी घोषणा गरेको बताए ।
‘सबैभन्दा ठूलो र सबै अँट्ने’ संस्था बनाउन अधिकतम प्रयास गर्ने र तत्कालै ‘ओभर सप्लाई’ र ‘ओभर डम्पिङ’ को समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याए ।
संस्थामा कानूनी सल्लाहकार राख्ने र विशेषज्ञ फर्मासिस्ट राख्ने, नीति विशेषज्ञ समूह बनाउने, औषधि व्यवसायीले पैतृक सम्पत्ति र कम्पनीलाई परिवारमा हस्तान्तरण गर्न नपाउने नियमविरुद्ध कदम चाल्ने,
दूरदराजका व्यवसायीले नवीकरणमा व्यहोरिरहेको झन्झट हटाउनेलगायतका उनको योजना छ ।
उनले संस्थाका सदस्यलाई विपत् व्यवस्थापन कोष बनाउने, हस्पिटल फार्मेसीको नाममा भएको बेथिति, बीमाका नाममा औषधि व्यवसायीको भुक्तानी रोक्ने जस्ता क्रियाकलापविरुद्ध काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply