एकदिवसीय विश्वकपका लागि भारतको १४ सदस्यीय टोली घोषणा

काठमाडौं । भारतले घरेलु मैदानमा हुने विश्वकप क्रिकेटका लागि १४ सदस्यीय टोली घोषणा गरेको छ । रोहित शर्माको कप्तानीमा घोषित टीममा विकेट किपर ब्याट्सम्यान केएल राहुलले स्थान बनाएका छन् भने तिलक वर्मा छुटेका छन् ।

राहुलले यस महिनाको मे महिनादेखि कुनै पनि प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छैनन् । हिजोमात्रै फिटनेस टेस्टमा पास भएपछि उनी एसिया कपको सुपर फोरमा भाग लिनका लागि श्रीलंका जाने तयारीमा छन् ।

मध्येक्रमका ब्याट्सम्यान तिलक बर्मा र बलर प्रसिध कृष्णले टोलीमा स्थान बनाउन सकेनन् । अहिले एसिया कपमा सहभागी १७ खेलाडीमध्येबाट उनीहरू छुटेका हुन् । यस्तै, एसिया कपमा रिजर्भ खेलाडीका रूपमा रहेका सञ्जु साम्सनले पनि विश्वकप खेल्न नपाउने भएका छन् ।

विकेटकिपर ब्याट्सम्यान इसान किसनको स्थान विश्वकपको टोलीमा सुरक्षित भएको छ । यस्तै विष्फोटक ब्याट्सम्यान सूर्यकुमार यादवल खराब एकदिवसीय फर्मका बाबजुद टोलीमा स्थान बनाएका छन् ।

भारतीय १४ सदस्यीय स्क्वाडः

रोहित शर्मा (कप्तान), सुवमन गिल, विराट कोहली, श्रेयस ऐयर, केएल राहुल (विकेटकिपर), सूर्यकुमार यादव, हार्दिक पाण्ड्या (उपकप्तान), रविन्द्र जडेजा, अक्षेर पटेल, कुलदीप यादव, सार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, मोहम्मद सिराज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *