दार्चुलाको दुहुँमा अनाथालय स्थापना

डोटी । दार्चुलाको दुहुँ गाउँपालिकामा टुहुरा बालबालिकाका लागि अनाथालय सञ्चालनमा आएको छ ।

दुहुँ गाउँपालिका- ४ मा सञ्चालन भएको अनाथालयमा पालिकाभित्रका १२ जना अनाथ बालबालिका पढ्ने भएका छन् । ४ कोठाको आवासीय अनाथालयमा विद्यार्थीलाई खान, बस्न र पठनपाठनको व्यवस्था गरिएको दुहुँ गाउँपालिका शिक्षा शाखा संयोजक लोकेन्द्रबहादुर बमले बताए ।

अनाथालयको पूर्वमन्त्री एवं नेकपा एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्ना र दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले उद्घाटन गरेका छन् ।

उक्त अवसरमा पूर्वमन्त्री ठगुन्नाले स्थानीय सरकारले जनमैत्री कार्यक्रम ल्याई जनताको समृद्धिमा टेवा पुर्‍याउनुपर्ने बताए ।

गाउँपालिकाका अध्यक्ष बडालले अब पालिकाभित्रका कुनै पनि बालबालिकाले टुहुरा भएको अनुभूति नगर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *