बीपी साहित्य महोत्सवको तयारीबारे छलफल

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजनामा भदाै २४ देखि २६ सम्म हुने बीपी साहित्य महोत्सवको तयारीबारे छलफल भएको छ ।

आयोजक समितिका संयोजक सहमहामन्त्री बद्री पाण्डेको अध्यक्षतामा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले महोत्सवको समग्र उद्देश्य, महत्व र विस्तृत कार्यक्रमका बारेमा प्रकाश पारेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

महोत्सवलाई प्रभावकारी बनाउन सूचना, संचार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माको अध्यक्षतामा प्रचार विभागको बैठक पनि बसेको उनले बताए।

बैठकमा प्रचार प्रसारको क्षेत्रमा आजसम्म भएको तयारी बारे जानकारी दिँदै महोत्सवका बारेमा विस्तृत कार्यतालिका सहित जानकारी दिन भोलि दिउँसो ३ बजे सानेपामा पत्रकार सम्मेलन समेत राखिएको बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *