काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ ।
सोमबार बस्नेगरी बैठक बोलाइएको उपमहासचिव गंगालाल तुलाधारले बताए । बैठक पार्टी कार्यालय आलोकनगरमा बस्ने भएपनि समय तय भएको छैन ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, केन्द्रीय कमिटीको निर्णय कार्यान्वयनलगायतको विषयमा छलफल हुने जनाइएको छ ।
माघमा महाधिवेशनको तयारी थालेको नेताहरूलाई आवश्यक जिम्मेवारी भोलिको बैठकले दिने बताइन्छ ।
नेकपा एसमा अध्यक्ष माधव नेपालबाट पार्टी सञ्चालन प्रभावकारी ढंगले नभएको भन्दै आगामी महाधिवेशनमा सम्मानित नेता खलनाथ खनाल नेतृत्वमा दाबी गर्ने तयारीमा छन् ।

Leave a Reply