काठमाडौ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंक लाइनको बक्यौता बुझाउन उद्योगी व्यवसायीलाई १५ दिनको म्याद दिएको छ ।
एक सूचना जारी गर्दै प्राधिकरणले डेडिकेटिड र ट्रंक लाइनको महशुल नबुझाएकालाई ताकेता गरेको हो ।
२०७२ साउनदेखि लोडसेडिङ अन्त्य भएको मिति २०७७ जेठसम्ममा डेडिकेटेड ट्रंक लाइनको सुविधा लिएका उद्योगी व्यवसायीहरूले अर्बौं रकम बक्यौता बुझाउन बाँकी छ । १५ दिनभित्र रकम नबुझाए लाइन काटिदिने चेतावनी प्राधिरकणले दिएको छ ।
लामो समयदेखि यस विषयमा प्राधिकरण र व्यवसायीहरूबीच विवाद हुँदै आएको छ । सरकारले विवाद समाधानका लागि समिति गठन गरेपनि समस्या उस्तै छ ।

Leave a Reply