लगातार तीन खेल जितेको नेपाललाई विश्वस्तरको छनोटमा पुग्न अब के चाहिन्छ ?

काठमाडौं। मलेसियामा जारी महिला टी-२० विश्वकपको एसियाली छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

नेपालले अब कतार र यूएईसँग खेल्न बाँकी छ।

समूहमा तीन खेलबाट ६ अंक भएको नेपाल तालिकाको दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको यूएईको पनि तीन खेलबाट ६ अंक छ तर नेट रनरेटमा नेपालभन्दा अगाडि रहेको छ।

नेपालले पहिलो खेलमा मलेसिया, दोस्रो खेलमा बहराइन र तेस्रो खेलमा भुटानलाई हराएको हो। ६ टोली रहेको समूह एमा नेपालले आफ्नो चौथो खेलमा कतार र पाँचौँ तथा अन्तिम खेलमा यूएईसँग खेल्ने छ।

कतारलाई पराजित गरेमा नेपाल सेमिफाइनल पुग्ने निश्चित हुने छ। तर यति मात्र सफलताले विश्वकप छनोटमा पुगिन्न। जारी छनोट प्रतियोगिताको फाइनल पुग्ने दुवै टोली विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन्।

समूह बीमा २ खेलबाट ४ अंक भएको हङकङ शीर्षस्थानमा छ। थाइल्यान्डको एक खेलबाट २ अंक छ। कुवेतले पनि एक खेल खेल्दै २ अंक हात पारेको छ।

२र२ खेल खेलेका चीन र म्यानमारले जित हात पार्न सकेका छैनन्। यो समूहमा ५ वटा टोली रहेका छन्।

समूह बीमा हङकङ र थाइल्यान्ड सेमिफाइनल पुग्न सक्ने अनुमान गरिएका टोली हुन्। नेपालले हालसम्म महिला टी-२० विश्वकप खेलेको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *