अनेरास्ववियु कोशी प्रदेशको अध्यक्षमा जिबी गजल सर्वसम्मत,अरु पदाधिकारी को को ?

विराटनगर । नेकपा एमालेनिकट अनेरास्ववियुको कोशी प्रदेश अध्यक्षमा सुनसरीका जिबी गजल सर्वसम्मत चयन भएका छन् ।

शुक्रवार विराटनगरमा शुरु भएको अधिवेशनले विद्यार्थी नेता गजललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको केन्द्रीय कमिटी सचिव आरती भट्टराईले जानकारी दिइन् ।

त्यस्तै उपाध्यक्षमा धनकुटाका अकित थापा,झापाका नारायण पोखरेल र सचिवमा मोरङका सन्तोष घिमिरे चयन भएका छन् ।

कमिटीमा सहसचिवमा उदयपुरका प्रवेश ठकुरी,इलामा पारस राई,झापाकी लक्ष्मी न्यौपाने,तेह्रथुमकी रन्जना घतानी र कोषध्यक्षमा नवराज घिमिरे चयन भएका छन् ।

अध्यक्ष समिक बडालले उद्घाटन गरेको अधिवेशनमा एमाले र अखिललको विभिन्न नेताले शुभकामना दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *