कैलाली । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय परीक्षा नियन्त्रणको कार्यालयमा तोडफोड गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयमा शुुक्रबार तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जानकारी दिए ।
१२-१५ जनाको समूहमा आएका समाजवादी सम्बद्ध अनेरास्ववियूका नेता तथा कार्यकर्ताहरुले परीक्षा नियन्त्रक देवसिंह नाथ र सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा तोडफोड गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डागीले घटनाका विषयमा प्रहरीमा पनि उजुरी आएको बताए । तोडफोडको घटनाबारे छानबिन भइरहेको प्रहरी नायब उपरीक्षक डागीले जानकारी दिए ।
कार्यकक्षमा तोडफोड गरेपछि परीक्षा नियन्त्रण कार्यालयको कामकाज प्रभावित भएको छ ।


Leave a Reply