आईओईले बढाएको शुल्कवृद्धिको विरोधमा त्रिवि पदाधिकारीलाई कार्यालयमा प्रवेश निषेध

काठमाडौं । त्रिभुवन इन्जिनियरिङ संस्था (आईओई) ले बढाएको शुल्क वृद्धिको विरोधमा अनेरास्ववियुले त्रिविका पदाधिकारीलाई कार्यकक्षमा प्रवेश निषेध गरेको छ ।

शुक्रबार अनेरास्ववियु केन्द्रिय कमिटिको मातहतमा रहेको अनेस्ववियु त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटिले त्रिवि केन्द्रिय क्याम्पस भिसी कार्यालयमा पदाधिकारीहरुलाई प्रवेश निषेध गरेको हो ।

जिल्ला कमिटिका इन्चार्ज प्रशान्त जंग भण्डारीको नेतृत्वमा भिसी कार्यालयमा प्रवेश रोक लगाइएको छ । अनेरास्ववियुले गरेका मागहरु पुरा नगरेसम्म प्रवेष निषेध गरिएको भण्डारीले बताएका छन् ।

उनीहरुले ई. अ. सं. ले बढाएको शुल्कवृद्धि पूर्ण रूपमा खारेज गर्नुपर्ने, सातै प्रदेशआइओई र आईओएमसंग सम्बन्धित १र१ वटा पूर्ण आंगिक क्याम्पसहरू स्थापना गर्नुपर्ने । प्रधानमन्त्री, शिक्षामन्त्री त्रि। वि। को कुलपति र सह-कुलपति हुने व्यवस्था खारेज गर्नुपर्ने र त्रिवि पदाधिकारी नियुक्ति गर्न बाेर्ड अफ ट्रस्ट गठन गर्न माग गरेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *