काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धिविरुद्ध ९ दिनसम्म आमरण अनसन बसेका नेविसंघका नेता शुलभ चापागाईँले आफ्नै संगठनका अध्यक्षप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन् ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसका इकाई सभापति चापागाईँलाई बुधवार सरकारसँग भएको उधारो सम्झौतापछि अध्यक्ष दुजाङ शेर्पाले जबर्जस्ती अनसन तोडाएको नेविसंघका नेताहरूको आरोप छ ।
शेर्पाले बन्द कोठामा थुनेर जबर्जस्ती अनसन तोडाएपछि उनले बिहीबार इकाई सभापतिबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
सत्ता गठबन्धननिकट विद्यार्थी संगठनहरु र त्रिवि पदाधिकारीबीच बुधवार शुल्क वृद्धि फिर्ता लिने सम्झौता भएको थियो ।
यद्यपि उक्त सम्झौता कार्यान्वयनबारे सहमति पत्र अन्योलमा छ ।

Leave a Reply