नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक डीआरएसको अनुभव लिँदै

काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा डिसिजन रिभ्यु सिस्टम-डीआरएसको पहिलो पटक अनुभव गर्ने भएको छ।

बुधवारदेखि सुरु हुने एसिया कपमा डीआरएस प्रयोग हुने छ। त्यही कारण नेपाललाई यो अवसर प्राप्त हुने भएको हो। नेपालले अपराह्न पाकिस्तानसँग खेल्दै छ।

अम्पायरले गरेको निर्णय प्रविधिको माध्यमबाट पुनरावलोकन गरिने कामलाई डीआरएस भनिन्छ।

नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले यसअघि आयरल्यान्ड, वेस्ट इन्डिज, जिम्बावेजस्ता टेस्ट टोलीसँग खेलेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *