सदनमा ठाकुर गैरेको नारा- ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्तालाई कारबाही गर (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रमको जवाफमा कुनै उत्साह र जाँगर नभएको टिप्पणी गरेको छन्।

प्रधानमन्त्रीको जवाफपछि बोल्दै उनले कुनै ठोस योजना नभएको बताए।

उनले भने, ‘प्रधानमन्त्रीमा यस्तो निराशा किन ? भ्रष्टाचारको विरुद्ध हामीले आन्दोलन गर्नुपर्‍यो। प्रधानमन्त्रीको अभिव्यक्तिसँगै सामाजिक सद्भावमाथि भइरहेको अहिलेको कुरालाई कसरी हेर्ने ?’

उनले आफूलाई सदनमा फेरि नारा लगाउन मन लागेको भन्दै भने, ‘सुन तस्करका नाइकेहरूलाई कारबाही गर, भ्रष्टाचारीहरूलाई कारबाही गर, नेपालीहरूलाई भुटानी शरणार्थी बनाएर विदेशमा बेच्ने र अर्बौँ कमाउनेलाई कारबाही गर, ललिता निवासमा निर्णयकर्तालगायत अन्य जग्गा तस्करीलाई कारबाही गर, जातीय सद्भाव, धार्मिक सहिष्णुता कायम गर, नेपाली जनताको सामाजिक सुरक्षासहितको राष्ट्रिय एकता कायम गर।

उनले एमालेले यो नारालाई सधैँ घन्काइरहने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *