सुदूरपश्चिम वन निर्देशनालयका निमित्त निर्देशक भट्टलाई संसदीय उपसमितिका ९ प्रश्न, भने- भिडियो र अडियो फेक हो

कैलाली । सुदूरपश्चिम प्रदेशमा लेखा समितिले बनाएको उपसमितिले सुदूरपश्चिम वन निर्देशनालयका निमित्त निर्देशक कृष्णदत्त भट्टको बयान लिएको छ ।

भट्टले पदको दुरुपयोग गर्दै अवैध रकम असुली गरेको र आधा करण अनुदान रकम दुरुपयोग गरेको भन्दै सोमबार लेखा समितिमा उजुरी परेको थियो । उक्त विषयमा सोमबार नै लेखा समितिले बैठक आह्वान गरी छानबिन उपसमिति गठन गरेको हो ।

आज छानबिन उपसमितिले भट्टलाई भौतिक रूपमै उपस्थित गराएर बयान लिएको हो । उपसमितिले भट्टलाई ९ प्रश्न दिएको थियो । सुरुमा सन्चो बिसन्चो सोधिएको प्रश्नमा सार्वजनिक भएको अडियो भिडियो बारे जानकारी मागिएको थियो ।

भट्टले भिडियोमा देखिएको व्यक्ति आफू भएपनि त्यसमा बेलोको कुरा आफ्नो नभएको बताएका हुन् ।‘भिडियोमा देखिएको स्थान मेरो निवास हो, देखिएको व्यक्ति पनि म हुँ’ उनले भनेका थिए, ‘त्यसमा गरिएको संवाद मेरो होइन।’ उनले आफूलाई फसान आफ्नो भिडिओमा अरूले आवाज दिएको बयान संसदीय उपसमितिलाई दिएका हुन् ।

आज उपसमितिका संयोजक मानबहादुर धामी, सदस्यहरू बेलबहादुर राना मगर, वीर बहादुर थापा, टिका थापा र खेमा देवी विष्ट सबै थिए । उनीहरुले सुदूरपश्चिम प्रदेश वन निर्देशनालय मातहतका कार्यालयहरूबाट घुस बापत रकम असुली गरेको भिडिओ देखाएरै भट्टको बयान लिएका थिए ।

वन मातहतकै कर्मचारीलाई फोन गरेर भट्टले आफ्नो नियुक्ति रोक्न लागेको आरोप लगाउँदै वन मन्त्री रमेश धामीलाई अपशब्द प्रयोग गर्दै गाली गरेको विषयमा पनि भट्टले आफूलाई जानकारी नभएको बताए । उनले त्यो आवाज पनि आफ्नो नभएको बयान दिएका थिए ।

उनले अनुदान रकम दुरुपयोग गरेको बिषयमा भने केहि रकम अनुदान लगेको तर, आफ्नो नाममा फर्म नभएको बताए । उपसमितिले भूमि व्यक्ति कृषि तथा सहकारी मन्त्रालयलाई अनुदानको रकमका बिषय बारे जवाफ पठाउन भन्दै पत्र लेख्ने लेखेको थियो ।

तर, आजको बैठकमा उक्त जवाफ आइपुगेको थिएन । भट्ट माथि आधा करोड अनुदान रकम हिनामिना गरेको भन्दै लेखा समितिमा उजुरी परेको थियो । भट्टले आज बयानमा १२ लाखमा सम्झौता भएको प्रस्ट पारेका हुन् ।

१३ गते फेरी बोलाउने गरि आजको बयान सकिएको उपसमिति संयोजक मनबहादुर धामीले जानकारी दिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *