सभामुखले टोपबहादुर रायमाझी निलम्बन भएको सदनलाई गराए जानकारी

काठमाडौं । सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी सदनलाई गराएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधिसभा सदस्यबाट निलम्बन भएको जानकारी गराएका हुन् ।

शरणार्थी प्रकरणमा पक्राउ परेपछि रायमाझीलाई एमालेले यसअघि नै सचिव पदबाट निलम्बन गरिसकेको छ ।

Comments

One response to “सभामुखले टोपबहादुर रायमाझी निलम्बन भएको सदनलाई गराए जानकारी”

  1. Kaushalya Ghimire Avatar
    Kaushalya Ghimire

    Need to support the Investigation. Otherwise why all these Instution Build. That’s his responsibility to take initiation by himself that ” Okey I had blamed by this ..this and this…I will support to …for fairness…

Leave a Reply

Your email address will not be published. Required fields are marked *