गोकुल बास्कोटाको दाबी- २३ क्विन्टल सुन रातारात बाहिर पठाइएको सूचना हामीसँग छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले आफूहरुले उच्चस्तरीय छानबिन आयोगको माग गरेपछि २३ क्विन्टल सुन रातारात बाहिर पठाइएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ठूलो मात्रामा सुन बाहिर पठाएर एक क्विन्टल सुन समातिएको बताए ।

उनले भने, ‘यो फगत नौटंकी हो वा खास कारणले समातियो, यसको पनि पर्दा खुल्दै जाला । अब हामी एउटा आयोग बनाउने कुरा गरेपछि त्यसको प्रतीक्षामा छौं ।’

लोकतन्त्रमा प्रतिपक्षको आवाज रोक्न खोजेपछि संसद अवरोध भएको बास्कोटाले बताए । उनले स्टन्ट छाडेर सत्यतथ्य कुरा बाहिर ल्याउन चुनौती दिए ।

सांसद बास्कोटाले पूर्व देखाएर पश्चिम हान्ने माओवादीको नीतिप्रति संकेत गर्दै जलहरी र ३३ किलो सुनको हल्ला सदनमा चलाएर सरकारले एयरपोर्टमा क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेको आरोप लगाए ।

उनले नेकपा एसका मेटमणी चौधरी,माओवादी केन्द्रका राजन दाहाल,कांग्रेसका रामहरी खतिवडाहरुप्रति संकेत गर्दै फलानो फाइल खोलेर फलानो नेतालाई थुन्छौं भन्ने हावादारी कुरा नगर्न चेतावनी दिए ।उनले सबै फाइल खोल्न चुनौति समेत दिए ।

बास्कोटाले भने–सत्तापक्षले रुखको हाँगामा बसेर पात हल्लाउने कुरा नगर्नुस् । स्टन्टबाजी होइन जरासम्म पुग्ने हिम्मत देखाउनुस् । सत्तापक्षका सांसदले फलानो विपक्षी दलको नेता फलानो मितिमा जेल जान्छ भन्ने ? लैजानुस् न पाता कसेर,कसले रोकेको छ ? ललकार्ने,तर्साउने किन ? यस्ता हावादारी वाइयात कुरा नगर्नुस्,जनताको नेताको अपमान गर्ने कुरा स्वीकार्य छैन ।

बास्कोटाले हालै प्रधानमन्त्रीले बालुवाटारमा सम्पादकहरुलाई बोलाएर कसले निर्णय गरिरहेको छ आफूलाई थाहा हुन छाडेको भनेर लाचारी व्यक्त गरेकोमा समेत आपत्ति जनाए ।

 

Comments

One response to “गोकुल बास्कोटाको दाबी- २३ क्विन्टल सुन रातारात बाहिर पठाइएको सूचना हामीसँग छ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    यी दिल्लीका दलालले भनेर फाइल खुल्ने होईन नि । यिनका मालिकले यिनलाई आदेश दिन्छ ओई नोकर ओलिक‍ो फाईल खोल भनेर । यिनले हस् ख्वामित भन्छन् । अनि हुँदै नभएको कुरा समात्छन के के न भेटाएँ भनेर । पशुपतिको जलहरी जस्तै । त्यसपछि फाइल नखोलेको भनेर मालिकले यी नोकरलाई गाली गर्छ । तलाई खुवाएर पालेको फाईल खोल भनेको किन मानिनस् भनेर हप्काउँछ । यी नोकर तिलमिलाएर ओलिओलि भन्छन् । एउटा नोकरले हिजो मालिकको लात खाएछ र तिलमिलाएर ओलि यो वर्ष जेल पर्छन भनेछ । तर त्यो नोकरलाइ अब त्यसको मालिकले जुत्ता खुवाउनेवाला छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *