आफ्नो मृत्युको समाचार फैलिएपछि जिम्बावेका लिजेन्ड क्रिकेटर स्ट्रिकले भने- म जिउँदै र सञ्चै छु

काठमाडौं । भारतीय एक अखबारले जिम्बावेका लिजेन्ड क्रिकेटर हिथ स्ट्रिक जीवित रहेको दावी गरेको छ।

अंग्रेजी दैनिक पत्रिका डेक्कन हेराल्डले स्ट्रिकले फोन गरेर आफू जिउँदै र सञ्चै रहेको बताएको उल्लेख गरेको छ।

यसअघि ४९ वर्षीय स्ट्रिकको निधन भएको भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा समाचारहरु आएका थिए।

जिम्बावेका पूर्व कप्तानसमेत रहेका हिथले मृत्युजस्तो विषयमा पुष्टि नगरी समाचार आएको भन्दै दुख व्यक्त गरेको उक्त दैनिक पत्रिकाले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *