नेकपा एसको बैठक : ३० जनाले धारणा राखे

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको जारी बैठकमा अहिलेसम्म ३० जनाले धारणा राखेका छन् ।

पार्टी उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदनमाथि अहिले पनि नेताहरूले धारणा राख्ने क्रम जारी छ। बैठकमा एक जनालाई ५ मिनेटको समय निर्धारण भएको छ।

अहिलेसम्म घनप्रसाद गौतम, ठगेन्द्र प्रकाश पुरी, अमृत तिम्सिना, बाल गोपाल थापा, जुद्धबिलास भण्डारी, टिकाराम शर्मा, अमरनाथ शर्मा, दीर्घ सोडारी, शेरबहादुर कुवँर, झम्क कँडेल, पासाङ शेर्पा, धनराज आचार्य, शान्ता पाख्रिन, सोम सापकोटा, हस्त शाही, शिव राग बिस, मोहन गौतम, पुष्प पोखरेल, पार्वती बिसुन्खे, लक्ष्मण कुवरलगायतले ३० जनाले धारणा राखेका छन्।

हिजोबाट सुरु भएको बैठक भोलि सक्ने तयारी छ। बैठकले महाधिवेशनको मिति र स्थान तय गर्ने जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *