शेखरले भने- कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिन सभाध्यक्षको भोट प्रयोग गर्नु असंवैधानिक (भिडिओ)

विराटनगर । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन सभाध्यक्षको भोट प्रयोग गर्नु असंवैधानिक भएको बताएका छन् ।

मंगलबार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

सभामुखको भूमिकामा रहेका सदस्यले मत दिएर विश्वासको सिद्ध गर्नु संविधानविपरीत भएको उनले बताए । गठबन्धनको गरेको कामको व्याख्या पुनः सर्वोच्च अदालतले नै गर्नुपर्ने उनले बताए ।

भिडिओ:

अदालतको निर्णयलाई सबैले स्वीकार्नुपर्ने बताउँदै उनले भने, ‘सत्ता गठबन्धनका शीर्ष नेताहरूले निर्णय गरेर यसरी विश्वसको मत लिनु भनेर पठाइदियो त्यो नै लोकतान्त्रिक पद्धति भएन ।’

कोइरालाले थपे, ‘सर्वोच्चले जे निर्णय गर्छ त्यसलाई स्वीकार्नुपर्छ । सत्ता गठबन्धन पटकपटक संविधान मिच्ने र प्रमुख प्रतिपक्षी अदालतमा गएर न्याय खोजिरहनु पर्ने ? हो भन्ने पत्रकारको प्रश्नमा कोइरालाले भने, ‘जब राज्यसत्ता कमजोर हुन्छ त्यो बेला अदालत सक्रिय हुन्छ र त्यसलाई जुडिसीयल एक्टिभिजम भन्नु गलत हो ।’

मुख्यमन्त्री थापाले संविधानको हुर्मत लिँदै जबर्जस्ती विश्वासको मत प्राप्त गरेको घोषणा गरेको भन्दै एमालेले भोलि सर्वोच्चमा रिट दायर गर्दैछ ।

 

Comments

One response to “शेखरले भने- कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिन सभाध्यक्षको भोट प्रयोग गर्नु असंवैधानिक (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    गठबनधन भारतीय टट्टु हो जे पनि गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *