काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म बैठक चल्न नदिने बताएपछि अध्यक्ष गणेश तिमिल्सिनाले अर्को बैठक भदौ १० गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।
भदौ १० गते बैठक १ बजेर १ मिनेटमा बस्ने तिमिल्सिनाले जनाए ।
एमालेले आफ्नो मागमा सरकार गम्भीर नभएको भन्दै संसद अवरोध गर्दै आएको छ । सर्वदलीय बैठकमा सहमति भएपनि सदन चलाउन एमाले अझै तयार नभएको हो ।

Leave a Reply