नेतृत्व परिवर्तनबारे नेकपा एसको प्रष्टोक्ति- महाधिवेशन हलमै पुगेपछि थाहा होला

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी नेतृत्व परिवर्तनबारे कुनै छलफल नभएको बताएको छ । माघमा महाधिवेशनको तयारी स्वरूप बसेको पोलिटब्युरोको बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले उक्त जानकारी गराए ।

उनले भने, ‘हाम्रो विधानअनुसार महाविधेशन नेतृत्व परिवर्तनको विधिमा जाने भएकाल विधानमा परिवर्तन गर्नुपर्ने भए महाधेवेशनको हलमै पुगेपछि थाहा होला अहिले हामीले नेतृत्वबारे छलफल गरेका छैनौं । हामीले अहिले हामी पार्टीको दस्तावेज कस्तो बनाउने भन्नेबारेमै छलफलमा छौं । कस्ता कुरालाई उठाएर पार्टीलाई अगाडि बढाउने भन्नेबारेमा छलफल भइरहेको छ ।’

उनले आफ्नो पार्टी कम्युनिष्ट आन्दोलनको विकल्पको रूपमा स्थापित भएको दाबी गर्दै कम्युनिष्ट विचारधारलाई एकताबद्ध बनाएर जाने क्षमता राख्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *