मध्यावधि टार्न उद्धव थापालाई विश्वासको मत : राजेन्द्र राई

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एस संसदीय दलका नेता राजेन्द्र राईले मध्यावधि टार्न मुख्यमन्त्री उद्वव थापालाई विश्वासको मत दिने बताएका छन् । उनले आफूहरूले मध्यावधि चुनाव नचाहेको बताए ।

राईले उद्धव थापाको नाम ४७ जनाले टाँसिसकेको जिकिर गरे । प्रदेशसभामा बहुमत सदस्य उद्धव थापाको पक्षमा रहेको राईको प्रष्टीकरण थियो । उनले उपसभामुख बिदामा बसेको र ज्येष्ठ सदस्यहरूलाई बिदा दिने काम गरेको बारेमा उनले आफू आश्चर्य चकित भएको बताए ।

‘अहिलेको अवस्थामा व्यवस्थासमेत संकटमा आइसकेको छ । ठूला दलहरूको भूमिकामा प्रश्न उठिसकेको बेलामा सही ढंगबाट हामीहरू चल्न सकेनौं’, राईको स्वीकारोक्ति थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *