इन्टर मियामीका लागि लगातार सातौँ खेलमा मेस्सीको गोल

न्युयोर्क। लिग्स कपको अहिले भइरहेको फाइनलमा लियोनल मेस्सी आबद्ध इन्टर मियामीले सुरुवाती अग्रता लिएको छ।

नासभिल एससीविरुद्ध भइरहेको खेलको पहिलो हाफ जारी रहँदा मियामीले १-० गोलको अग्रता लिएको छ। कप्तान मेस्सीले २३ औँ मिनेटमा गोल गरेका हुन्।

मेस्सीले मियामीका लागि लगातार सातौँ खेलमा गोल गरेका हुन्। यसबीचमा उनले १० गोल गरेका छन्।

इन्टर मियामीका लागि खेलेका हरेक खेलमा मेस्सीले गोल गरेका हुन्।

मियामी पहिलो पटक कुनै पनि प्रतियोगिताको उपाधि जित्ने प्रयासमा छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *