कांग्रेसको बलमा अरू पार्टीले सरकार बनाएका हुन्: आरजू राणा

कैलाली । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले कांग्रेसको बलमा अरू पार्टीले सरकार बनाएको बताएकी छन् ।

नेपाल विद्यार्थी संघ कैलालीद्वारा आयोजित रक्तदान तथा वनभोज कार्यक्रम उनले देश अहिले काँग्रेसको गाइडेन्समा अगाडि बढिरहेको बताएकी हुन् ।

उनले भनिन्,’ नेपाललाई अगाडि लग्ने हो भने नेपाली का‌ंग्रेसले नै हो गाइड गर्न सक्ने। अहिले पनि गठबन्धनमा मेन गाइडेन्स नेपाली कांग्रेसकै छ। हाम्रै बलबुतामा अरू पार्टीहरूले सरकार बनाएका छन् ।’

कांग्रेसले भन्दै आएको लोकतन्त्र समाजवाद र राष्ट्रियताको विषयलाई अहिले सत्ता गठबन्धनका अन्य दलहरूले पनि मनन गरेको र त्यहि अनुसार अघि बढेको उनको टिप्पणी थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *