रुसको पेट्रोल पम्पमा आगलागी हुँदा १२ जनाको मृत्यु

मस्को । दक्षिणी रुसको दागेस्तानमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

क्यास्पियन सागरको तटमा रहेको क्षेत्रीय राजधानी मखाचकलामा उक्त विस्फोट भएको थियो।

सो घटनामा परी थप ६० जना घाइते भएका छन्  ।

रुसी अखबार इज्भेस्टियाले एक अज्ञात साक्षीलाई उद्धृत गर्दै पेट्रोल स्टेशनको अगाडि एउटा कारमा आगलागी सुरु भएको बताए। ‘विस्फोट पछि सबै कुरा हाम्रो टाउकोमा खसे। हामीले अब केहि देख्न सकेनौँ,’ एक प्रत्यक्षदर्शीले भने।

दागेस्तान गणतन्त्र रुसी संघको ८३ घटक भागहरू मध्ये एक हो र यो देशको दक्षिणी भागमा अवस्थित छ ।

बीबीसीका अनुसार करिब २६० जना आपत्कालीन कामदारहरू तैनाथ गरिएको छ ।

रुसको इन्टरफ्याक्स समाचार एजेन्सीले चिकित्सकहरूलाई उद्धृत गर्दै मृतकमध्ये तीन बालबालिका रहेको बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *