जाँदाजाँदै मन्त्री मोदीले भने- प्रधानमन्त्रीलाई अप्ठ्यारो पर्दा सहज रूपमा त्याग गरेँ, खुसी छु

काठमाडौं । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी प्रधानमन्त्रीले राम्रो काम गर्दै गर्दा चौतर्फी घेराबन्दी भइरहेको बताएका छन्।

सिंहदरबारमा आयोजित बिदाइ पत्रकार सम्मेलनलाई बोल्दै उनले प्रधानमन्त्रीको सजिलोको लागि आफूले सहज रूपमा त्याग गरेको बताए।

उनले भने, ‘विविध परिस्थितिलाई मध्यनजर गर्दै सरकारलाई बलियो बनाउन कहीँ न कहीँ त त्याग गर्नुपर्‍यो। त्यसैले मैले सहज तरिकाले प्रधानमन्त्रीले सबै पदाधिकारी र मन्त्रीलाई राखेर छलफल गर्नुभयो । कसले त्याग गर्ने, कसले सहज तरिकाले छोड्दिने भनेर ? सबैको प्रस्ताव गर्दा अन्य साथीहरूले पनि बोल्नुभयो बोल्न तर, मैले सहज रूपमा पद प्रतिष्ठा सधैँ रहँदैन भनेर आफै बिदा लिएँ। प्रधानमन्त्रीज्यू हाम्रो पार्टीको अध्यक्ष पनि हुनुहुन्छ।’

उनले आफूलाई अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिए। पद र प्रतिष्ठा सधैँ नमिल्ने भएकाले आफूले अनुभव गर्ने अवसर पाएको बताए। उनले आफ्नो बिदाइ पनि सुखद भएकाले खुसी भएको उनको भनाइ छ।

Comments

One response to “जाँदाजाँदै मन्त्री मोदीले भने- प्रधानमन्त्रीलाई अप्ठ्यारो पर्दा सहज रूपमा त्याग गरेँ, खुसी छु”

  1. ksp pyl Avatar
    ksp pyl

    तपाईं ईमान्दार थारूको छोरा । तपाईको काम राम्रो थियो । एउटै गल्ती छोरीले पठाएको लिष्ट अनुसार सरूवा गर्नुभएन । छोरीसँग सेटिङ गरेर, बुझाउनुपर्ने सबैथोक बुझाएर पठाएको लिष्ट कार्यान्वयन नगर्नु तपाईको असक्षमता देखियो । प्रचण्डको प्राईभेट कम्पनिमा उनले वा उनका छोरी बुहारीले दिएको आदेश पालना नगर्ने तपाईजस्ताको हालत हुने यस्तै हो । र अर्को कुरा जसपालाई सरकारबाट हटाउन, उपेन्द्रलाई कारवाही गर्न, जनमतलाई सरकारमा ल्याउन दक्षिणले दिएको आदेश प्रचण्डले पालना गर्नैपर्ने बाध्यता थियो । त्यहि पालना गर्दैछन् । तर, राणाले सत्ता टिकाउन भारतसँग १९५० जस्तो घातक सन्धी गरेर नेपाललाई कहिल्यै उठन नसक्ने ठाउँमा पुर्याए ।अब प्रचण्डले सत्ता टिकाउन देशको अस्तित्व नै नरहने गरि सम्झौता गर्न सक्छन् । खबरदारी गरौं । सचेत बनौं । देशद्रोहीहरूको बिगबिगी छ अहिले देशमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *