सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक रिहा

काठमाडौं । एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रवार पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन् ।

पक्राउ परेका चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई आज रिहा गरिएको हो ।

दुवै जनाको संलग्नता नदेखिएका कारण रिहा गरिएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।

उनले भने, ‘अध्यागमन विभागले नाम जुधेर शङ्का लागेका कारण दुवै जनालाई नियन्त्रणमा लिएको हो, सुन तस्करी प्रकरणमा उनीहरूको संलग्नता नदेखिए पछि रिहा भएका छन् ।’

शुक्रवार बिहान चीन जान लागेको समयमा राजस्व अनुसन्धान विभागको अनुरोधमा अध्यागमन विभागले जियाइलियन र फुयानलाई विमानस्थलबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को जिम्मा लगाएको थियो ।

Comments

One response to “सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक रिहा”

  1. धिरज हरिजन Avatar

    सहिलाई अनुसन्धान र जेल तर्फ नराम्रोलाई राज्य समिति सचिवालय तर्फ राम्रो छ सरकार तिमीलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *