प्रचण्डलाई सुवासको जवाफ- बहुमत दिनुस्, प्रदेशको नाम फेर्छु भन्दै एमालेले शर्तबन्दी गर्दैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार विश्व आदिवासी दिवस समारोहलाई सम्बोधन गर्दै २०८४ को चुनावमा आफूहरूलाई बहुमत दिए संसदबाटै सबै प्रदेशका नाम संशोधन गर्ने बताएपछि नेम्वाङले त्यसको जवाफ फर्काएका हुन्।

विश्व आदिवासी दिवसमा नेकपा एमालेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हिजो मात्रै कोशी प्रदेशको सन्दर्भलाई लिएर एक जना मित्रले भन्नुभयो। ०८४ मा भोट हालेर हामीलाई जिताउनुभयो भने म कोशी प्रदेशको नाम नै फेर्दिन्छु। हामी त्यसरी शर्तबन्दी गर्दैनौँ। यो देशको विविध जाति, भाषा र धर्मको हितमा नेकपा एमाले जैलेसुकै दृढतापूर्वक उभिन्छ। हामीले हाम्रो व्यवहारबाट पुरा गरेका छौँ।’

उनले एमालेको नेतृत्व र प्रयासमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशितासहितको समाजवाद उन्मुख संविधान जारी भएको दाबी गरे।

संविधान कार्यान्वयन गर्नको लागि पनि आफूहरु नै लागेको उनको भनाइ छ। देशका सबै जाति, भाषा धर्मलाई एमालेले एकताबद्ध गरेर अघि बढ्न बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *