वामदेव अध्यक्ष रहेको किसान महासंघद्वारा गुटगत भेला नगर्न चेतावनी

काठमाडौं । अखिल नेपाल किसान महासंघले गुटगत कुनै पनि भेला नगर्न चेतावनी दिएको छ। बामदेव गौतम अध्यक्ष रहेको महासंघले छैठौं महासम्मेलनबाट निर्वाचित कमिटीविरुद्ध गुट बनाउने कार्य खेदजन्य रहेको बताएको हाे ।

कार्यालय सचिव डिबी कार्कीले सोमबार जारी गरेकाे विज्ञप्तिमा चैत ६ गते गौतमको नेतृत्वमा आधिकारिक बैठक बसेको र राष्ट्रिय समितिको बैठक बोलाउने तयारी गरिरहेको उल्लेख गरिएको  छ । ‘उक्त बैठकले यथाशिघ्र राष्ट्रिय समितिको बैठक बोलाउने तय गरिरहेको अवस्थामा कुनै गुट विषेशबाट अखिल नेपाल किसान महासंघको राष्ट्रिय भेला गरेको भन्ने कुरा समाचार माध्यामबाट जानकारी भएकोले अनाधिकृत रुपमा एमालेको आधिकारिक किसान महासंघ र छैठौं महासम्मेलनबाट निर्वाचित कमिटीविरुद्ध गुट बनाउने, विभाजन गर्ने काम खेद जन्य रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

गौतम नेतृत्वको महासंघ नै नेकपा एमालेकोको आधिकारिक महासंघ भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गलत कृयाकलापबाट सतर्क रहन र छैठौं महासम्मेलनबाट निर्वाचित अखिल नेपाल किसान महासंघको नेतृत्वमा बनेका सम्पूर्ण कमिटी र कमिटीमा आवद्ध सबै तहका नेता, कार्यकर्ता, सदस्य अध्यक्ष कमरेड बामदेव गौतमकै नेतृत्वमा रहेको महासंघनै एमालेको आधिकारिक महासंघ भएकाले, यसको विधानले व्यवस्था गरे अनुसार गर्न गराउन सबैमा जानकारी गराईन्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *