काठमाडौं । सदनको अवरोध हटाउन बसेको सभामुखसहितको तीन दलका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन टुंगिएको छ । सिंहदरबारमा बसेको दोस्रो चरणको बैठकमा पनि सहमति बन्न नसकेको हो ।
एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै निरन्तर संसद अवरोध गरेपछि सभामुखले सदन सुचारु गर्ने पहल गरेको थिए । आज संसद बैठक खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले गम्भीरतापूर्वक छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
बैठक निष्कर्षमा पुग्न नसकेपछि भोलि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बैठक बस्ने सहमति भएको छ । आज बोलाइएको बैठक सहमति नभएपछि भोलि दिउँसो ३ बजेका लागि राखिएको छ ।
बैठकमा सभामुखले सहमतिको विकल्प नभएको बताए ।
सभामुखले भने, ‘संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन् । माननीयहरुले प्राकृतिक विपद् लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन । मैले अधितकतहरुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु । म दलहरुबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको छु । यही अनुरुप मैले सूचना टाँसेर पटक पटक बैठक स्थगित गरेको हो । तर, सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा छैन ।’

Leave a Reply