सार्वजनिक संस्थान सुझाव समितिको दुई महिना म्याद थप्ने सरकारको निर्णय (भिडिओ)

काठमाडौं । सरकारले पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा गठित सार्वजनिक संस्थान सुझाव समितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त बैठकले राष्ट्रिय बीउ बिजन समितिको सदस्यमा बीउ बिजन उद्यमी अग्नीप्रसाद अर्याल र शारदा निरौलालाई नियुक्त गर्ने निर्णय भएको पनि जानकारी गराइन् ।

उनका अनुसार बैठकले समितिकै सदस्यमा बीउ बिजन उत्पादक तथा कृषक रामजीप्रसाद सापकोटा र प्रेमाकुमारी अधिकारीलाई नियुक्त गर्ने निर्णय भएको छ ।

बैठकले काठमाडौं तराई, मधेश द्रुतमार्ग सडक आयोजना अन्तरगत ललितपुरको खोकना इलाकाको जग्गा प्राप्ति सम्बन्धी समस्या समाधान गर्न मन्त्रिपरिषद्को वैशाख पाँच गतेको निर्णयअनुसार उपप्रधान एवम रक्षामन्त्री पुर्णबहादुर खड्काको संयोजकत्वमा गठित समितिको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ ।

बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न सिफारिस समिति गठन गर्ने र सदस्य पदमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्रा.डा.लोना श्रेष्ठलाई तोक्ने निर्णय गरेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *