लम्पी स्किनलाई महामारी घोषणा र किसानलाई क्षतिपूर्ति दिन माग गर्दै एमालेको प्रदर्शन (भिडिओ)

काठमाडौं । मुलुकभर पशुमा फैलिएको लम्पी स्किन रोगलाई महामारी घोषणा गरि रोकथाम नियन्त्रणका साथ उचित उपचारको व्यवस्था गर्नुपर्ने भन्दै नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

लम्पी स्किन रोगका कारण हजारौ पशुको मृत्यु भएको र लाखौ पशुहरु प्रभावित हुदा पनि रोकथामको कुनै उपाय नअपनाएको भन्दै एमाले महानगर कमिटीले बुधबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो । महानगर कमिटीले किसानलाई तत्काल बीमा उपलव्ध गराउनुपर्ने, क्षतिपूर्ति, राहत र सहुलियत कर्जा उपलव्ध गराउनुपर्ने माग गरेको छ ।

त्यस्तै छिटो भन्दा छिटो किसानका गोठगोठमा उपचार सेवा उपलव्ध गराउनुपर्ने अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले बताए। उनले मुलुकभरका १० लाख पशु प्रभावित भएको अवस्थामा लम्पी स्किनलाई नियन्त्रणमा लिन सरकारले कुनै पहल नगरेको उल्लेख गरे ।

प्रदर्शनमा सहभागीहरुले लम्पि स्किन रोग महामारी घोषणा गर, पीडित किसानलाई क्षतिपूर्ति दे, भ्रष्टाचार नियन्त्रण गर, भूमिहिन समस्या समाधान गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *