माओवादीको विधान सम्मेलन मंसिरमा, चैतसम्ममा विशेष महाधिवेशन गर्नेबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा विधान सम्मेलन गर्ने निर्णय भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले मंसिरमा विधान सम्मेलन गर्ने निर्णय गरेको सचिव दिनानाथ शर्माले बताए।

उनले नेपाल प्रेससँग भने, ‘मंसिरभित्र विधान सम्मेलन गर्ने कुरा भएको छ। एजेण्डाबारे केन्द्रीय समितिको बैठकले निर्णय गर्छ। त्यही अनुसार चैतसम्ममा विधान महाधिवेशन गर्नेबारे पनि छलफल भएको छ। मिति केन्द्रीय समितिले नै टुंग्याउँछ।’

माओवादी विधि र विधान अनुसार नचलेको तीव्र गुनासो आएपछि विधान सम्मेलनदेखि विशेष महाधिवेशनसम्म गर्न लागेको छ। विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न माओवादीको तयारी छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *