हेर्दै जानुहोला अरू फाइल खुल्नेवाला छन्, ग्राउण्डबाट समर्थन भए यो ब्याटल जितिन्छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको अरू धेरै फाइल खोल्दै जाने बताएका छन्।

समाजवादी मोर्चाका विद्यार्थीहरूको मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ग्राउण्डबाट समर्थन भएपछि मात्रै ब्याटल जित्न सकिने उनको भनाइ छ।

त्यसबारे उनको भनाइ जस्ताको त्यस्तैः

अहिले हामीले भ्रष्टाचार विरोधी र राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्ने बेथितिका विरुद्ध वा तस्करीको विरुद्धका प्रयास छेडिएकै छ। म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु यो कदम यही रोकिने वाला छैन। यो कदम निरन्तर बढ्ने वाला छ।

राष्ट्रको एकता र समाजवादको निर्माणको लागि यो लडाई जित्नै पर्छ। हामीले यो लडाई नजितेसम्म हामीले परिकल्पना देखेको समाजवाद तयार हुन सक्दैन। यो कुनै राजनीतिक स्टण्ड होइन। यो आम जनताको बृहत्तर हितको लागि हो।

यो लडाई सुरु भएको छ यसको पक्षमा सरकारलाई तपाईँहरुले जुन साथ दिनुभएको छ हेर्दै जानुहोला आउने दिनमा अरू फाइल खुल्नेवाला छन्, र ग्राउण्डबाट समर्थन नभएसम्म सरकार र प्रधानमन्त्रीले मात्रै जित्ने ब्याटल होइन।

Comments

One response to “हेर्दै जानुहोला अरू फाइल खुल्नेवाला छन्, ग्राउण्डबाट समर्थन भए यो ब्याटल जितिन्छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    नौटंकी कुरा नगर्ने भए पहिला क्यान्टोनमेण्टको फाईल खोल । त्यसपछि महराको बाउछोरालाई पक्र । त्यसपछि तिमीले भुटानी नेतालाई टोपबहादुरले कुरा मिलाउँछन । उसँग जाउ भनेर भनेकाले भुटानी शरणार्थी विदेश पठाउने तिमी हौ । त्यसको स्पष्टीकरण देउ । क्विन्टलका क्विन्टल सुन छिराउने महत र सुरक्षाको जिम्मा लिने काजीलाई मन्त्रीबाट हटाउ । वालुवाटार काण्डमा माधव र वावुरामलाई पक्रेर देखाउ । कालिमाटी र वालाजुको तरकारी वजारको सटर भाडामा लगाउँदा करोडौ घोटाला गरेका भुसाल लगायतलाई कारवाही गर । महिनौंसम्म विना विभागीय मन्त्रीले खाएको तलव भत्ता तिर किनकी तिमीहरूले गर्दा कामै नगरी पैसा खाईरहेका छन् ।यति, ओम्नी , वाईड बडी भनेर भजन गाउने होईन । पशुपति जलहरीमा जस्तै छानबिन गरेर देखाउ । छ हिम्मत ? खालि चटके कुरा गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *