अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं। अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार उनीविरुद्ध परेको जाहेरीका आधारमा केही दिनअघि पक्राउ पुर्जी जारी भएको हो।

पाण्डेले आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ समुदायका व्यक्ति तथा संस्थाले जाहेरी दिएका थिए। उनीमािथ जातिय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएकाे छ ।

पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

एक टेलिभिजनसँगकाे अन्तर्वातामा पाण्डेले हाडनाताभित्र विवाह हुँदा  त्यसले उनीहरुबाट  जन्मने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताएकी थिइन् । नेपालका केही समूदायमा मामा र फुपुका छोराछोरीबीच विवाह हुने गलत प्रचलन रहेको भन्दै उनले त्यसलाई रोक्नुपर्ने अभिव्यक्ति दिएपछि विवाद उपन्न भएको थियो । तामाङ मगर समूदायले आफूहरुको संस्कृतिलाई अपमानित गरेको भन्दै पाण्डेको आलोचना गरिरहेका छन् ।

यो पनि पढ्नुहोस् :
हाडनाता सम्बन्धको असरबारे बोल्दा अधिवक्ता शीतल पाण्डेविरुद्ध जाहेरी, संसदमै पुग्यो विवाद
विवाहबारे तामाङ समुदायमा छेडिँदै बहसस् आशिका भन्छिन्- हामी पनि सुध्रिनु जरुरी छ

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *