नेपाल पत्रकार महासंघ लमजुङको कार्यालयमा चौतारीको तालाबन्दी

पोखरा । पत्रकार महासंघ गण्डकी प्रदेशले साउन १० गते गरेको शुद्धीकरणको निर्णय प्रकृयामा आपत्ति जनाउँदै प्रेस चौतारी लमजुङले पत्रकार महासंघ लमजुङ शाखामा तालाबन्दी गरेको छ । पत्रकार महासंघ लमजुङ शाखामा विज्ञप्ति जनाउदै चौतारीले कार्यालय तालाबन्दी गरेको हो ।

जिल्लाबाट पठाइएको सदस्यहरुको नामावली उपर प्रदेश समितिले एकपक्षीय रुपमा, आस्थाका आधारमा प्रेस चौतारी निकट कयौँ सदस्यहरुको नाम हटाएको र अन्य संगठन निकटका सदस्यहरु जो पत्रकारिता पेशामै क्रियाशील नभई अन्य पेशा व्यवसाय गर्दै आएकाहरुको नाम समावेश चौतारीको आरोप छ ।

प्रदेश समितिले महासंघलाई पत्रकारितामा क्रियाशील संगठन प्रेस चौतारीविहीन बनाउने र गैरपत्रकारिता पेशामा आवद्धहरूको झुण्ड बनाउने खेल खेल्न लागिएको चौतारीको आरोप छ ।

प्रदेश समितिले उक्त निर्णय नसच्चाएसम्म र पत्रकार महासंघ लमजुङले यस सम्बन्धमा चित्तबुझ्दो आधिकारिक धारणा सार्वजनिक नगरेसम्म प्रेस चौतारी नेपाल लमजुङले नेपाल पत्रकार महासंघ लमजुङ शाखामा बिहीबारदेखि अनिश्चितकालीन तालाबन्दी गरिएको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *