काठमाडौंबाट दुबई जान लागेका लेबनानी नागरिक १० हजार अमेरिकी डलरसहित पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लेबनानी नागरिक १० हजार अमेरिकी डलरसहित पक्राउ परेका छन्।

विमानस्थल प्रहरीले ४२ वर्षीय यल यमन महमदलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार महमद नेपाल एयरलाइन्सको उडानद्वारा दुबई जान लागेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाई लैजान लागेको १ सय दरको १ सय थान अमेरिकी डलर फेला परेको थियो।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि सोमबार राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *